निर्माणाधीन मध्यपहाडी लोकमार्ग कास्की खण्डको  अनुगमन

पाेखरा | बैशाख १२, २०८०

निर्माणाधीन मध्यपहाडी लोकमार्ग कास्की खण्डको  अनुगमन

पोखरा:    जिल्ला समन्वय समिति कास्कीले निर्माणाधीन मध्यपाहाडी लोकमार्गको कास्कीखण्डको अनुगमन गरेको छ।


समितिका अध्यक्ष लिलाधर पौडेलको नेतृत्वमा उक्त लोकमार्ग अन्तर्गत कास्की खण्डको मादी गाउपालिका अन्तर्गतको सडक अनुगमन गरेको हो ।


अनुगमनका क्रममा  प्रमुख पौडेलले निर्माणका काममा देखिएका कमी कमजोरी तत्काल सुधार गर्दै  समयमै  गुणस्तरीय निर्माण कार्य गर्न  निर्माण कम्पनी र संबद्ध   आयोजनाका कर्मचारीहरूलाइ निर्देशन दिनुभयो । निर्माणका क्रममा जनगुनासो बढे लगत्तै आफ्नो टोलि अनुगमनमा आएको भन्दै पौडेलले जनतालाइ कुनै मर्का नपर्ने गरि सम्झौता मुताबिकको काम गर्न आग्रह गर्नुभयो ।


सो अवसरमा उक्त सडक खण्डमा आयोजनाद्वारा संचालित क्रशर उधोग सहित ,निर्माण सामाग्रीको गुणस्तर  ,मापदण्ड  सहित अन्य प्राबिधिक पक्षहरूको अनुगमन गरिएको थियो।


अनुगमनमा जिल्ला समन्वय समिति कास्किका उप प्रमुख सरिता माल ,जिल्ला समन्वय अधिकारी नवराज बराल , जिल्ला समन्वय समितिका सदस्य सदस्यद्वय  राजु अधिकारी र हर्क बहादुर गुरुङ सहित उक्त आयोजनाका निमित्त प्रमुख इन्जिनियर ठाकुर  भण्डारी तथा  प्राबिधिक तथा कर्मचारी एबम स्थानीय सरोकारवालाहरूको उपस्थितिमा अनुगमन गरिएको थियो।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्